नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

दुई जना प्रहरी निरीक्षकसँग गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग ड्युटीमा हाजिर नभएको भन्दै स्पष्टीकरण सोधेको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश दिइएको छ । त्यस्तै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ ।
अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृह सचिवस्तरीय निणर्य भएको छ ।

