संखुवासभा बस दुर्घटना : घाइतेहरुलाई सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदै (अपडेट)

संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा आज(बिहीबार) बिहान भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर संखुवासभा पुगेको छ । घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका थिए ।

घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । त्यस्तै बस दुर्घटनामा परी मृत्यु हुने १४ जाने मध्ये १० जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।



मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, सङ्खुवासभा मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, सङ्खुवासभा मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, सङ्खुवासभामादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेका छन् । अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

 

सम्बन्धित समाचार