नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना सम्बन्धमा कुनै सूचना प्रकाशित र प्रसारित नगरिएको जनाएको छ । आज (बिहीबार) प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको जनाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले त्यस्तो कुनै भर्ना सम्बन्धी सूचना जारी नगरिएको र सामाजिक सञ्जालमा आएको विवरण झुटो भएको बताए । आजै मात्र सामाजिक सञ्जालमा म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्ने सूचना भाइरल भएको थियो ।
‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं । आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने समेत प्रहरीले हुने व्यहोरा समेत जानकारी गराउँदछौं’ प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति

