नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।

गृह मन्त्रालयले २०७९ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । सार्वजनिक गरेको बिदाको विवरणमा दशैं बिदा लम्बिएको छ । दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि दशैं बिदा एकादशीसम्म मात्र हुने गरेको थियो । जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ। यस्तै तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।
यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । त्यसैगरी उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते, किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा सार्वजनिक बिदा हुनेछ ।
हेर्नुहोस् विवरण

