नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ६०० रुपैयाँ रहेकोमा बिहीबार रु १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख १ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ४१५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ४०५ मा कारोबार भएको थियो ।
सुनको मूल्य बुधबार १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।