नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
नेपालमा आज (आइतबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० रुपैयाँ रहेकोमा शुक्रबार रु १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख २ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ४२५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ४१५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत बुधबार १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।