नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य १८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५०० रुपैयाँ रहेकोमा सोमबार रु १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रहेकामा सोमबार प्रतितोला रु १ लाख १ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य सोमबारको मूल्य भन्दा ३५ रुपैयाँ घट्दै एक हजार ३८० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ४१५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत बुधबार १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।