
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । आज (मंगलबार) को बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्न लागेको हो ।
बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललले बताए । त्यतै बैठकमा पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए ।
यसअघि सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

