नेपाल खानेपानी संस्थानले ठूलो संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

नेपाल खानेपानी संस्थानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै नेपाल खानेपानी संस्थानले कर्मचारी माग गरेको हो ।

नेपाल खानेपानी संस्थानले ४६ जना करार कर्मचारी भर्नाका दरखास्त आह्वान गरेको हो । आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने संस्थानले जनाएको छ । योग्यता पुगेका व्यक्तिहरुले दरखास्त दिन संस्थानले आग्रह गरेको छ । संस्थानले ६ महिनाको लागि जुनियर प्लम्बर, लाइट ड्राइभर,प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगी पदको लागि कर्मचारी माग गरेको हो ।



जसमा जुनियर प्लम्बर ७ जना, लाइट ड्राइभर ७ जना, प्लान्ट एटेन्डेन्ट १ जना, ल्याब ब्वाई ३ जना, हेल्पर १४ जना र कार्यालय सहयोगी १४ जना गरी संस्थाले ४६ जना करार कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । योग्यता पुगेका व्यक्तिहरु १८ वर्ष पुगेको र ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

सूचना :

 

 

सम्बन्धित समाचार