
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । नेपाल प्रहरीले मंगलबार एक सूचना जारी गर्दै एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।
नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त फारम बुझाउन पाइने छ । म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ भने खाद्यान्नबापत ७ हजार दुई सय र पोशाक तथा अन्य समान खरिदबापत ६ हजार भत्ता तोकिएको छ । म्यादी प्रहरीको तलब ४३ हजार भन्दा बढी हुनेछ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरूलाई म्यादी प्रहरीमा प्राथमिकता रहेको जनाइएको छ । चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्नेछ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ ।
सूचना :

