
गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसारतीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको हो । बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार उनीहरुलाई मंगलबारको निर्णय अनुसार बढुवा सिफारिस गरेको जनाएको छ ।
गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार तीनै जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
सूची

