प्रिमियर शोमा ‘चिसो एष्ट्रे’ ले पायो राम्रो प्रतिक्रिया

चैत ४ गते अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित चलचित्र ‘चिसो एष्ट्रे’ ले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ । मंगलबार साँझ राजधानीको सिभिल मल क्युएफएक्स सिनेमामा आयोजित कार्यक्रममा चलचित्रले राम्रो प्रतिक्रिया पाएको हो । चलचित्रले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको कथालाई प्रस्तुत गरेको छ । कार्यक्रममा चलचित्र टिमले भूपीपत्नी क्रान्ति शेरचनलाई सम्मानपत्र प्रदान गर्‍यो ।

प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर शोमा राजेश हमाल, सन्तोष पन्त, रिता शर्मा, निश्चल बस्नेत, प्रदीप भट्टाई र निर्देशक दिपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।  प्रिमियर शोमा  लेखन तथा निर्देशक दिन्स पाल्पालीले आफूले फिल्म ७ वर्ष लगाएर बनाएकोमा चलचित्रलाई दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै प्रिमियरमा उपस्थित अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिंदै चलचित्रले युवापुस्ताले फिल्मलाई बढी रिलेट गर्ने र चलचित्रमा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको भन्दै चलचित्र पारखीहरुले चलचित्र हेर्नुपर्ने प्रतिक्रिया दिए ।



चिसो एष्ट्रे

त्यस्तै निर्देशक प्रदीप भट्टराईले चलचित्रलाई हलिउडको संज्ञा दिए भने निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्रले भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरेको भन्दै चलचित्र धेरै पक्षहरु राम्रो रहेको भन्दै चिस्सो एष्ट्रेमा देखिनेभन्दा सोचिने कामहरु बढी भएको धारणा व्यक्त गरे । यस्तै उनले सिनेम्याट्रिक प्रस्तुतिको पनि खुलेर प्रशंसा गरे । त्यसैगरी प्रिमियरमा उपस्थित वरिष्ठ कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको चलचित्र भन्दै युवापुस्ताले फिल्मलाई साह्रै नै मन पराउने विश्वास व्यक्त गर्दै सबैले एकपटक चलचित्र हेर्नु पर्ने प्रतिक्रिया दिए । प्रियिमरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।

 

चलचित्रमा दिव्य देवको शीर्ष भूमिका छ । त्यस्तै फिल्ममा निकुम श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशील राज पाण्डे, रोविन तामाङ, कृषा शाही, मोनिका गोले लगायतका कलाकारको समेत अभिनय रहेको छ । दिन्स पाल्पालीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रविण स्याङ्बो र सीए कलेक्टिभसले निर्माण गरेका हुन् ।

चलचित्रमा उज्जव बस्ताकोटीको छायांकन, अजर जङ्गमको संगीत संयोजन देख्न सकिन्छ । चलचित्रका मुख्य अभिनेता दिव्य देवले फिल्म आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेका छन् । त्यस्तै चलचित्रमा सृष्टि श्रेष्ठले शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यस्तै चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

सम्बन्धित समाचार