नेकपा एमालेको बोलायो संसदीय दलको बैठक, यस्ता छन् एजेन्डा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज (बुधबार) एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।बैठक संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल गरिने भट्टराईले बताए । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।



यसअघि मंगलबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो । चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ । त्यस्तै बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको थियो ।

सम्बन्धित समाचार