
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । झापा, दमक नगरपालिका-६ बसपार्क टोल डेरा गरी बस्ने खोटाङ रतन्छा गाउँपालिका-७ घर भएकी ३२ वर्षीया सिमा कुमाल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका-९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-१२ सितलामार्ग बस्ने मादी गाउँपालिका-१ पार्चे घर भएकी ६७ वर्षीया नौमाया नेपाली आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगाडा बस्ने अम्बर गजमेरको छोरा ५ वर्षीय बिप्लव गजमेर सोही हातीमारास्थित त्रियुगा खोलाको किनारमा रहेको खाल्डोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त खाल्डोमा शव फेला परेको हो ।
त्यसैगरी चितवन भरतपुर महानगरपालिका-३ नगरवनस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ स्थित बाल्लु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ भगेरीथानस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको बुधबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

