भुपेन्द्र थापा मगरले चुमे नेपाल आइडल सिजन-४ को उपाधि

नेपाल आइडलल सिजन-४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति भएको फाइनलमा नाम्गेल तामाङ, रञ्चित नेपाल, विश्वास उप्रेती र लक्ष्मी पौडेलको भन्दा बढी भोट ल्याएर भुपेन्द्रले नेपाल आइडल सिजन-४ को उपाधि जितेका हुन् । उपाधिसँगै उनले ३० लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेका छन् ।

त्यस्तै, फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै झापाका विश्वास उप्रेती चौथों र मोरङकी लक्ष्मी पौडेल पाँचौ भईन् । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।



एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । कार्यक्रमको निर्णायक मण्डलमा शम्भुजीत बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान रहेका थिए ।

 

 

सम्बन्धित समाचार