मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । इलाम सूर्योदय नगरपालिका-८ मालुम बस्ने ५८ वर्षीय बल बहादुर राई घर नजिकै अम्रिसो बारीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । गत शुक्रबार घरबाट निस्की हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यस्तै ललितपुर, ललितपुर महानरगपालिका-१४ सातदोबाटो बुढाथोकी टोल डेरा गरी बस्ने सप्तरी त्रिहुत गाउँपालिका घर भएका ४७ वर्षीय बद्री खंग आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी बस्ने ५७ वर्षीया मैना राई आफ्नै घरदेखि करिब १ सय ५० मिटर टाढा खरबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । शुक्रबारदेखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त खरबारीमा शव फेला परेको हो ।



यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ कालिका बजार डेरा गरी बस्ने डोटी बढीकेदार गाउँपालिका-४ घर भएका टेक बहादुर लामाको छोरा १२ वर्षीय चित्र बहादुर लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार