नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९०० रुपैयाँ रहेकोमा बिहीबार रु १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४०० रहेकामा बिहीबार प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बिहीबारको भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३७५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।