नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बिहीबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसअघि बुधबार नै जाहेरीवालाका तर्फबाट बहस गरिएको थियो भने बिहीबार प्रतिवादीका तर्फबाट बहस भएको थियो । अदालतमा प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका थिए ।
नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि उनीविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । त्यस्तै शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छोड्न जिल्ला अदालत, तनहुँले आदेश दिइएको छ। जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । नाबालिग गायिकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको आरोप लागेको छ ।
जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । पलविरुद्धको जाहेरी पुष्टि भएमा उनलाई १० देखि १२ वर्षसम्म सजाय हुनेछ ।
यस्तो छ आदेश