नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-५ र चिसंखुगडी गाउँपालिका-७ स्थित ओखले खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ धौलेपानी बस्ने बेदकोट नगरपालिका-४ बैतडा घर भएका ६० वर्षीय मान बहादुर धामी उनकै गाइगोठ नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी चितवन, खैरहनी नगरपालिका-१ स्थित बैराचोक डेरा गरी बस्ने बारा कोल्बी घर भएका २९ वर्षीय शिव न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, शिवसताक्षी नगरपालिका-१० मंगलबारे हटिया लाईनस्थित उद्योग बाणिज्य संघको भवनको भर्याङ मुनी हाल नाम, थर, वतन नखुलेका करिब ७२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० एयरपोर्ट नजिक गहुँ बारीमा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी दैलेख, नौमुले गाउँपालिका-३ हिले बस्ने ३९ वर्षीय टोप बहादुर पुन मगर आफ्नै घरको छतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

