प्रहरीमा थपियो यी ३ पद, एकैपटक ३ हजारभन्दा बढी बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एक सूचना जारी गर्दै एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

यसअघि सरकारले नेपाल प्रहरीमा तीन वटा पद थप्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन वटा पद थप गर्ने निर्णय गरेको हो । अब प्रहरीमा वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि यी पद थपिएको हो । मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो । मन्त्रिपरिषद्ले ‘ज्येष्ठता’लाई बढुवाको मुख्य आधार बनाउने गरी नियमावली संशोधन गरेको छ ।



गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । यसअघि प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो । बढुवाको सिफारिस भएकामा १९१ जना वरिष्ठ सई, ३ हजार ३ सय ८३ प्रहरी वरिष्ठ हवल्दार, १४ हजार ५ सय ६७ लाई प्रहरी सहायक हवल्दार पदको बढुवाका लागि सिफारिस गरिएको छ ।

१ सय ९१ जना नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

सूची :

वरिष्ठ हवल्दारमा जेष्ठता कायम हुनेगरी पहिलो सूचीमा १ हजार १ सय ७३ जनालाई बढुवा गरिएको छ । 

सूची :

१ हजार ७५२ सहायक हवल्दारमा पदमा बढुवा गर्न सिफारिस भएको छ ।

सूची :

सम्बन्धित समाचार