माधव नेपालले बालुवाटारमा ओलीले बंकर बनाएको भनेपछि…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घरसँगै बंकर पनि बनाएको बताएका छन् । आज (आइतबार) समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले बंकरभित्र राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग गोग्य वार्ता गरेको आरोप समेत लगाएका छन् । त्यस्तै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर संसद विघटन गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘बालुवाटारमा उनले घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? नेपालले प्रश्न गर्दै भने, ‘नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानी भयो ।’



त्यस्तै उनले प्रधानन्यायाधीश जबरासँग हप्ताको दुई दिन भेटेर स्थानीय चुनावमा कुन-कुन न्यायाधीश कहाँ-कहाँ खटाउने र कुन-कुन प्रहरीलाई कहाँ खटाउने भन्ने विषयमा कुराकानी भैसकेको नेपालले बताए । अध्यक्ष नेपालले त्यस्तो सूचना आफूले थाहाँ पाएको बताए । अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताए ।

 

सम्बन्धित समाचार