राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान राष्ट्रपति र विदेशमन्त्री वाङबीच शितल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शितल निवास पुगेका थिए । भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको शितल निवास स्रोतले बताएको छ । उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी थिइन् । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरिन् ।



त्यस्तै उनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । भेटवार्तापछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

सम्बन्धित समाचार