नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । १५ वर्षीया किशोरी र राज गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।
त्यस्तै किशोरीका परिवारले राज विरुद्ध बलात्कारको उजुरी दिएका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

