मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका-१ बाँदरे जंगलमा सोही गाउँपालिका-२ हायुटार बस्ने ४६ वर्षीय केदार थापा भन्ने टोम बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-२ पुछार चौतारास्थित खोल्सामा नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ डाँडागाउँ घर भएका ४५ वर्षीय मान बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । यता भोजपुर, षडानन्द नगरपालिका-१० साङपाङस्थित तोरीबारी जंगलमा सोही ठाउँ बस्ने ६७ वर्षीया माया कुमारी राई आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।



त्यसैगरी भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे डोके खोलामा मध्यपुर ठिमी नगरपालिका-५ बाखा बजार बस्ने ६८ वर्षीय दशराम प्रजापती शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार देखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार