नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
नेपालमा आज (सोमबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५०० रुपैयाँ रहेकोमा आइतबार रु १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रहेकामा आइतबार प्रतितोला रु १ लाख ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको भन्दा २० रुपैयाँ घट्दै एक हजार ३८० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ४०० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।