इटहरीमा बम विष्फोट, २ जना घाइते

इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति १० बजे सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको कोठामा  बम विष्फोट भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र खड्काले विस्फाेटमा परी दुई जना घाइते भएका जानकारी दिए । घाइते हुनेमा श्रेष्ठको घरमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ रहेका छन् । घाइते मध्ये रविनको विराटनगर स्थित आँखा अस्पतालमा र शेरजंगको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।



घटनास्थलमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार