आयल निगमले गर्यो सरकारलाई यस्तो प्रस्ताव (पत्रसहित)

जोरबिजोर लागू गर्नेदेखि आइतवार पनि बिदा दिने

नेपाल आयल निगमले सरकारसमक्ष सवारीसाधनमा जोरबिजोर लागू गर्नेदेखि आइतवार पनि बिदा दिने प्रस्ताव गरेको छ । आज (मंगलबार) निगमले सरकारलाई पत्र लेख्दै यस्तो प्रस्ताव गरेको हो ।

निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव सरकार समक्ष पेश गरेको हो । निगमले सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउन माग पनि गरेको छ । त्यस्तै निगमले पत्रमा संवेदनशील क्षेत्र र निकायबाहेक नीजि र सरकारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने र सरकारी निकायमा शनिवार र आइतवार २ दिन बिदा दिने भनिएको छ ।



पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ । ‘सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर लगायतका कर केही समयका लागि हटाउनुपर्छ,’ पत्रमा उल्लेख गरिएको छ । निगमले पैदलयात्रामा प्रोत्साहन गर्ने, विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन दिने लगायतका प्रस्ताव गरेको छ । निगमलाई जोगाउन र तेल किन्नै नसक्ने अवस्था आएकोले सरकराली यस्तो प्रसताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

पत्र

पत्र

सम्बन्धित समाचार