टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ८ः३० बजे बा४ख ६९६५ टिपरले ठक्कर दिँदा दुई स्कुले बालिकाको मृत्यु भएको हो ‘

मृत्यु हुनेमा स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि घिसिङ र श्रेया घिसिङ रहेका छन् । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा टिपरले ठक्कर दिएकामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।



चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । टिपरको ठक्करबाट मृत्यु भएपछि सुन्दरीजलमा तनावको स्थिति सिर्जना भएको छ । आक्रोशित स्थानीयले टिपर तोडफोड गर्दै सडक अवरुद्ध पारेका छन् ।

सम्बन्धित समाचार