निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भनिन् सुजाता कोइरालाले

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । आज (बुधबार) गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आयोजीय पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताएकी हुन् । नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएकाले कोही पनि स्वार्थी हुन नहुने भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।



नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् । एक प्रश्नको जवाफमा उनले पार्टीको १४ औं महाधिवेशनमा डा.शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारिन् । नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरिन् ।

 

सम्बन्धित समाचार