नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ स्थित पिप्ले जङगलमा मकवानपुरगढी गाउँपालिका-४ मनकामना डेरा गरी बस्ने सिन्धुली घर भएका ४८ वर्षीय बोझ बाहदुर कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१३ गंगानगरस्थित पिसल्याण्ड होटलमा बिगत ४ वर्षदेखि काम गर्दै आएका सोही महानगरपालिका-६ बस्ने ६५ वर्षीय गोपिचन्द तिवारी उक्त होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा ललितपुर इमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी दैलेख, गुँरास गाउँपालिका-५ चिप्लेडाँडा बस्ने चित्र बहादुर रानाको छोरा ११ वर्षीय मान बहादुर राना सोही ठाउँस्थित भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत फागुन २३ गते देखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार पछाडि भारत र नेपालको सिमाना दशगजाभित्र सोही महानगरपालिका-२५ खलवा टोला सिर्सिया बस्ने २१ वर्षीय राना उपेन्द्र साहको शव खाल्डोमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

