नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ९०० रुपैयाँ रहेकोमा बुधबार रु ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको भन्दा १० रुपैयाँ घट्दै एक हजार ३५० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३६० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।