सत्ता गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठक स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको हो । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी छ।



मङ्गलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ।

सम्बन्धित समाचार