स्रोत नखुलेको नगद सहित दास पक्राउ

स्रोत नखुलेको नगद सहित पक्राउ एक जना पक्राउ परेका छन् । महोत्तरी सम्सी गाउँपालिका-६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रूपैयाँ सहित औरही नगरपालिका-५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।



नक्कली नोट सहित पक्राउ
यस्तै बारा, निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार