ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको बताए । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा दुई नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।



‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’ महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

सम्बन्धित समाचार