नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज(शुक्रबार) भारत भ्रमणमा गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाकै सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पद नरहेपछि दोस्रो वरियताको आधारमा खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गरिसकेका छन् ।
विज्ञप्ति :

