नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको छ । आज (शनिबार) नयाँदिल्लीस्थित हैदरवाद हाउसमा द्विपक्षीय औपचारिक वार्तामा नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गरेका हुन् ।

