नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० रुपैयाँ रहेकोमा शुक्रबार रु ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रहेकामा शुक्रबार प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै शुक्रबारकै मूल्यमा कारोबार भएको कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ३६० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।