नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रुपैयाँ रहेकोमा सोमबार रु ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० रहेकामा सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य सोमबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ३४० मा कारोबार भएको कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ३५० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ९२८ डलर आसपास कारोबार भैरहेको छ ।