मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कपिलवस्तु, महाराजगंज नगरपालिका-११ बस्ने ५५ वर्षीय मुरायल कहार सोही नगरपालिका-११ गोल्हईपुरस्थित खेतमा परालको टौवा नजिक सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-८ र कटारी गाउँपालिका-२ मा पर्ने सिङ्गिया खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ लाङखोलास्थित थाङाकुना खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सिरहा, गोलबजार नगरपालिका-१३ दुर्गापुर बस्ने ४७ वर्षीय धनेश्वर दास तत्मा आफ्नै घरको बलेसीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, कन्काई नगरपालिका-४ पाथिभरा अन्नपूर्ण भण्डारस्थित टहरामा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सोलुखुम्बु, लिखुपिके गाउँपालिका-५ भकाञ्जे बस्ने ३० वर्षीय शम्भु तामाङ सोही ठाउँस्थित लाक्पा शेर्पाको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कास्की, पोखरा महानगरपालिका-२ बागलुङ बसपार्कस्थित डेरा गरी बस्ने रुपन्देही घर भएका ४१ वर्षीय लोक बहादुर गन्धर्व आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार