आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ६६८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र एक हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६५ हजार ८४७ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ । जसमा ७१७ जना होम आइसोलेसनमा छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११ संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ५४५ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १४७ जना पुगेको छ ।

 

 

सम्बन्धित समाचार