नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ तथा मधेस प्रदेश मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज रातिप्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

