नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
जसमा परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरिएको हो । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ भएपछि त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति पछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।
यस्तो छ राजदूत सिफारिस भएकाहरूको नामावली
बिष्णुपुकार श्रेष्ठ- चीन
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
बासुदेव मिश्र- श्रीलंका
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी अरब
घनश्याम बन्जाडे- बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
नरेशविक्रम ढकाल
डोरनाथ अर्याल
तिर्थराज वाग्ले

