यी हुन् निर्वाचन आयोगले नियुक्त गरेको ७१ नयाँ निर्वाचन अधिकृत (सूचीसहित)

निर्वाचन आयोगले यसअघि नियुक्त गरेका ७१ जना निर्वाचन अधिकृत हटाएर नयाँ ७१ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीबार विभिन्न कारणले ७१ जना निर्वाचन अधिकृतलाई हटाउनुपरेको विज्ञप्ति मार्फत उल्लेख गरेको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त निर्वाचन अधिकृतहरुले दिएको निवेदनको आधारमा उनीहरुलाइ जिम्मेवारीबाट हटाइएको जानकारी दिए । उनीहरूलाई बुधबारदेखि नै लागू हुने गरी हटाइएको अर्यालले बताए । नवनियुक्त अधिकृतहरूलाई आगामी २९ चैतमा अभिमुखीकरण तालिम दिइने आयोगले जानकारी दिएको छ ।



यस्तै निर्वाचनका लागि आवश्यक सामग्रीहरु आउने क्रम जारी रहेको आयोगले जनाएको छ । आयोगले निर्वाचनमा खटिने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण प्रदान गर्न निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको र चैत्र ३० र वैशाख २ गते प्रदेश स्तरमा विभिन्न ८ स्थानमा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

सूची

 

 

सम्बन्धित समाचार