नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा रुसी रकेट हमला भएको छ । आज (शुक्रबार) युक्रेनको क्रामाटोस्र्क स्टेशनमा रकेट आक्रमण भएको हो ।
आक्रमणमा परी कम्तीमा ३० जना भन्दा बढीको मृत्यु भएको छ भने १०० जना भन्दै बढी घाइते भएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रामाटोस्र्क मा घटना भएको समाचारमा जनाइएको छ ।
‘क्रामाटोस्र्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी सङ्कलन गर्दै छौँ,’ रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले बताए ।