नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
व्यवस्थापनकर्मीहरूको सम्मानित निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘मेनेजर अफ दि इयर–२०२२’ बाट सम्मानित गरेको छ । शनिबार राजधानीको एक होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको, निक्षेप संकलनतर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको पनि बैंकले जनाएको छ ।
बैंकले न्यौपानेको नेतृत्वमा २०७८ पौष मसान्तसम्ममा उत्साहजनक नतिजा हासिल गरेका १३ शीर्षकहरूको विवरण प्रस्तुत गर्दै त्यसका आधारमा एनआईसी एशिया बैंक समग्र बैंकिङ्ग क्षेत्रमा नै सर्वोत्कृष्ट बन्न सफल भएको दावी गरेको छ ।