यसरी भए पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

अविश्वासको प्रस्ताव पारित

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।

शनिबार राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । ३४२ सदस्यीय संसद्‌मा विपक्षी दलहरूले अविश्वासको प्रस्तावको पक्षमा १७४ मत जुटाएका थिए । सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी तल्लो सदन पीएमएल एनका अध्यक्षता गरेका आयाज सादिकले आजको दिन पाकिस्तानी इतिहासको महत्त्वपूर्ण दिन भएको प्रतिक्रिया दिए ।



त्यस्तै सादिकले यो एकताले पाकिस्तान संविधान संरक्षण गर्न सफल भएको बताए । खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । यसैगरी, इमरान खानले अमेरिकामाथि आफ्नो सरकार ढाल्न भूमिका खेलेको आरोप लगाएका छन् । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए । नयाँ प्रधानमन्त्रीलाई आफूले स्वीकार नगर्ने भन्दै खानले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न आह्वान गरेका छन् ।

 

सम्बन्धित समाचार