नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज रातिप्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

