विमानस्थलबाट गोली सहित सोबिता पक्राउ

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपाली रहेकी छिन् ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार