नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले कोइरालालाई चुनाव खर्चबारे दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको हो ।
२०७४ को निर्वाचनमा ६ करोड ६ करोडभन्दा बढी खर्च भएको बताएपछि आयोगले उनलाई ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । तर, कोइरालाले आयोगमा पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको हुनाले यससम्बन्धमा के-कसो भएको हो जानकारी दिन आयोगले कोइरालालाई ध्यानाकर्षण गराएको हो ।
एकीकृत समाजवादी पार्टीलाई आयोगले सोध्यो स्पष्टीकरण
त्यस्तै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि स्पष्टीकरण सोधेको छ । २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचारसंहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । यस विषयमा के कसो भएको हो भनि आयोगले एकीकृत समाजवादी पार्टीलाई ३ दिनभित्र जवाफ दिन माग गरेको छ ।

