नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका-६ बस्ने १७ वर्षीय अबिशेख लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-७ स्थित जंगलमा रहेको खाल्डोमा सोही ठाउँ बस्ने ४२ वर्षीय नारायणगोपाल श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । यता कालिकोट, तिलागुफा नगरपालिका-२ रतडास्थित धौलागार्ड जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापा, हल्दिबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ३४ वर्षीया सुमित्रा महरा दर्जी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।यसैगरी पर्वत, मोदी गाउँपालिका-६ रातामाटा गडेउँले खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी चितवन, ईच्छाकामना गाउँपालिका-४ चुम खोलास्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता खोटाङ, ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

